कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

युक्रेन युद्धमा मारिएकाको अन्तिम संस्कार [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका नेपालीहरु युक्रेनसँगको युद्धमा मर्नेको संख्या ३२ भन्दा बढी पुगिसकेको छ । पीडितहरुका अनुसार यो संख्या अझै बढी छ । नेपाल सरकारले भने अहिलेसम्म कति नेपालीको मृत्यु भइसक्यो भन्ने यकिन तथ्यांक सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयले हालसम्म सार्वजनिक रुपमा २३ जनाको मृत्यु भएको आंकडा आएको जनाएको छ ।

पीडितहरुले नेपाल सरकारलाई पटक–पटक गुहार गरे पनि सरकारको सक्रिय पहल नहुँदा नेपालीहरुको युद्धमा ज्यान गइरहेको छ । त्यहाँ मृत्यु भएकाहरु शवसमेत नेपाल फर्काइएको छैन । आफन्तको शव कुर्दा कुर्दै थाकेर पीडितहरुले कुशको शव बनाएर, तस्बिरहरु राखेर आ-आफ्नो परम्पराअनुसार अन्तिम संस्कार र काजकिरिया गरेका छन् । युक्रेन युद्धमै मारिएका काठमाडौं टोखा निवासी शुक्रबहादुर तामाङ (४८) को घेवा समेत गरिएको छ । उनको परिवारले बिहीबार स्वयम्भूस्थित गुम्बामा तामाङ संस्कारअनुसार लामगुरुहरु र परिवारजन भेला भएर घेवा (काजकिरियाको अन्तिम दिन) गरिएको छ । भूतपूर्व सैनिक रहेका तामाङको रसियन आर्मीमा भर्ती भएको ४ महिनामै मृत्यु भएको थियो ।


प्रकाशित : जेष्ठ १७, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्