कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दूधको भुक्तानी नपाएको भन्दै किसानको प्रदर्शन [तस्बिरहरु]

नवीन पौडेल

नवलपुर — पुर्वी र पश्चिम नवलपरासीका पशुपालक किसानले दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट र पुर्वी नवलपरासीको कावासोतीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर नाराबाजी सहित प्रदशर्न गरेका हुन् । बिरोधस्वरुप किसानले सडकमा नै दूध खन्याएर सरकारविरुद्ध नाराबाजी गरेको दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गाोपल श्रेष्ठले बताए ।

'मिल्क होलिडे बन्द गर, भुक्तानी तत्काल दे' लगायत नारासहित सडकमा उत्रिएका उनीहरुले दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरे । नाराबाजीसहित एक घण्टा राजमार्ग अवरुद्ध गरेर बर्दघाट नगरपालिका अगाडि प्रदशर्नसहित कोणसभा गरे । पुर्वी नवलपरासीमा ५० हजार लिटर दुध दैनिक उत्पादन हुँदै आएको छ भने १५ हजार किसान यो पेशामा आवद्ध छन् । किसानले ६ महिनादेखि दुधको भुक्तानी पाएका छैनन् ।


प्रकाशित : फाल्गुन १७, २०८० १५:५०
प्रतिक्रिया
पठाउनुहोस्