कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

फुटपाथको डोरी हटाएपछि...

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नागरिकस्तरबाट व्यापक आलोचना भएपछि प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरबार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ ।

सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबारबाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएको थियो ।

बानेश्वरस्थित संघीय संसद् भवन परिसर वरपर फुटपाथमा डोरीले घेराबारा लगाइएको थियो। पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका थिए। यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको थियो। प्रधानमन्त्री निवास बालुवाटारको उत्तर र पूर्वतर्फको पैदलमार्गमा प्रवेश निषेध लेखेको ब्यानर टाँगिएको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले भने सधैंका लागि नभई तत्कालको घटनालाई मध्यनजर गरेर मात्र डोरी टाँगिएको बताए । इकान्तिपुरसँगको संक्षिप्त कुराकानीमा एसएसपी मैनालीले भने, 'तत्कालको आवश्यकता (प्रिन्सिपल अफ नेसेसिटी) लाई हेरेर डोरी टाँगिएको थियो । त्यो सधैंका लागि थिएन । अहिले हटाइसक्यौँ ।'


प्रकाशित : फाल्गुन १७, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्