कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

चरा र संस्कृतिले धनी जगदीशपुर [तस्बिरहरु]

मनोज पौडेल

कपिलवस्तु — पन्छी आरक्ष जगदीशपुरको पर्यापर्यटकीय आकर्षण उजागर गर्न आयोजित ४ दिने फोटो कार्यशालाका पुरस्कृत फोटो प्रदर्शन गरिएको छ । गच्छामी मिडिया ग्रुपद्वारा आयोजित कार्यशालामा वाईल्डलाईफ फोटोग्राफर चुङबा शेर्पाले फोटोग्राफीका ज्ञान, सीप र दक्षता दिएर तस्बिर खिच्न लगाएका थिए । त्यहाँ खिचिएका तस्बिरको चरा र प्रकृति विधामा धादिङका प्रताप गुरुङ प्रथम भए ।

सुनसरीका निशान शर्मा पराजुली र कपिलवस्तुका ज्ञानु पाण्डे क्रमशः द्वितिय र तृतीय भएका थिए । त्यस्तै संस्कृति, संपदा र जीवनशैली विधामा मकवानपुरका दृष्टान्त बिडारी प्रथम भएका थिए । रुपन्देहीका कृष्ण गलामी र कपिलवस्तुका मनिष गुप्ता तृतिय भएका थिए । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल र लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले प्रथम, द्वितिय र तृतिय हुनलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यशालाका उत्कृष्ट १९ फोटो विश्व सिमसार दिवशको उपलक्ष्यमा शनिवारसम्म दुई दिन प्रर्दशन गरिएको थियो । जिल्ला बाहिरका १३ सहित २० जना वाईल्डलाईफ फोटोग्राफर र फोटो पत्रकार सहभागी थिए । प्रतियोगितामा ४० तस्बिर प्राप्त भएका थिए ।

चरा र प्रकृति विधामा द्वितीय भएको सुनसरीका निशान शर्मा पराजुलीले खिचेको तस्बिर ।

चरा र प्रकृति विधामा तृतीय भएको कपिलवस्तुका जानु पाण्डेले खिचेको तस्बिर ।

संस्कृति, संपदा र जीवनशैली विधामा प्रथम भएको मकवानपुरका दृष्टान्त बिडारीले खिचेको तस्बिर ।

संस्कृति, सम्पदा र जीवनशैली विधामा द्वितीय भएको रुपन्देहीका कृष्ण गलामीले खिचेको तस्बिर ।

संस्कृति, संपदा र जीवनशैली विधामा तृतीय भएको कपिलवस्तुका मनिष गुप्ताले खिचेको तस्बिर ।


प्रकाशित : माघ २०, २०८० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्