२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

बालाचतुर्दशीमा पशुपति परिसरमा शतबीज छर्नेको भीड

तस्बिर : सन्जोग मानन्धर, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सोमबार बिहान विभिन्न शिवालयमा गई भक्तजनहरूले बालाचतुर्दशी पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाइन्छ  । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भिड लागेको थियो ।

बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा दीपदान गर्न पशुपति परिसरमा सयौँको भिड लागेको थियो । उनीहरू रातभर जाग्राम बसी भजन, नाचगान गरेका थिए । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।


प्रकाशित : मंसिर २५, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्