१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

मनमोहक तोरीबारी [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — तोरी चितवनको परिचय जोडिएर आउने बाली हो । कुनै समय सबैभन्दा बढी तोरी फल्ने जिल्ला भनेर चितवन चिनिने गर्दथ्यो । अचेल चितवनका फाँटमा पहिलाको जस्तो तोरी खेती हुन छाडेको छ । तर चितवनवासीले तोरी नै लगाउन छाडेका भने छैनन् । यो समय कतै तोरी उम्रँदै छ त कतै फुल्दै छ । तोरीमा फूल खेल्दै गर्दा मौसम पनि खुल्दै गएका कारण उत्तरतिरका सेता हिमाल पनि फाँटबाटै छर्लंग देखिन्छन् ।

सौराहा पर्यटकको भीडभाड हुने ठाउँमा तोरी फुल्दा वातावरण मनमोहक देखिन्छ । त्यही ठाउँबाट तोरीका फाँटसँगै हिमाल पनि टल्कँदा पर्यटक यसै दंग पर्ने नै भए । बाघमारा मध्यवर्ती सामुदायिक वन हात्ती चढ्न पर्यटक ओइरिने सामुदायिक वन हो । त्यही वनको दक्षिण किनारमा पहेँलपुर भएर फुलेको तोरी बारी छ । त्यसपछि वनको हरियाली र त्यसमाथि टोपी लगाएझैं सेता हिमाल टल्केका हुन्छन् ।

प्रकाशित : मंसिर १७, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्