कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

पहरेदारको पूजा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नेपाल सशस्त्र प्रहरी बलले तिहारको अवसरमा कुकुर पूजा गरेको छ । तिहारको दोस्रो दिन आइतबार कुकुर तिहार मनाइँदैछ । तिहारको दोस्रो दिन हिन्दु नेपालीहरूको घर आँगनमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई फूल, माला र टिका लगाइदिएर खानेकुरा दिई पूजा गर्ने परम्परा रही आएको छ ।

सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेण्डर उपशाखाका सशस्त्र प्रहरी नायव निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग ४ जातका कुकुर रहेको जानकारी दिए । सशस्त्र प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर जातका कुकुर रहेको बताए । कुकुरहरूलाई लागुऔषध, हातहतियार तथा बिष्फोटक पदार्थको खोजि कार्य र अपराध अनुसन्धानमा तालिम दिई काम गराइएको उप्रेतीले बताए । कुकुरहरूले बाढीपहिरो र विपद्जन्य काममा पनि उद्दारमा खटिने गरेको उनले जानकारी दिए ।

तिहारको दोस्रो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।


प्रकाशित : कार्तिक २६, २०८० १३:१२
प्रतिक्रिया
पठाउनुहोस्