कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

दसैंमा घर फर्किनेको लर्को

घटस्थापनायता करिव ४ लाख ६५ हजार भन्दा बढीले छाडे उपत्यका
तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दसैंका लागि उपत्यकाबाट गाउँ फर्किनेहरुको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको लर्को लागेको छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छ ।

कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनापछि झन्डै ४ लाख ६५ हजार ९ सय ७७ बढी यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनले भने, 'शुक्रबार उपत्यकाका चारै नाकाबाट उपत्यका छाड्नेहरूको संख्या बढी छ । नाकामा ट्राफिक जाम पनि छ । तर उपत्यका भित्रका सडकमा भने ट्राफिक चाप भने कम छ ।'


प्रकाशित : कार्तिक ३, २०८० १०:२२
प्रतिक्रिया
पठाउनुहोस्