कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सडक व्यापारीको 'धन्यवाद र्‍याली'

तस्बिर : अंगद ढकाल

काठमाडौँ — उपत्यकाका सडकमा पेशा, व्यवसाय गर्दै आएकाहरुले महानगरपालिका र अभियन्ता ई:बीच भएको सहमतिको स्वागतमा धन्यवाद र्‍याली निकालेका छन् । शान्तिपूर्ण रुपमा निकालिएको र्‍यालीमा सडक व्यापारीहरुले सहमतिसँगै सहमतिमा भएका कुराहरु चाँडो भन्दा चाँडो कार्यान्यवयन गर्न सुझाएका थिए ।

अभियन्ता ई: ले सडक व्यवसायीको उचित व्यवस्थापनका लागि ९ दिनदेखि उभिएर शान्तिपूर्ण धर्ना दिएका थिए । महानगर र उनीबीच बुधबार साँझ ४ बुँदे सहमति भएको थियो । सहमतिअनुसार सडक व्यापारलाई व्यवस्थित गर्ने सुझाव प्रस्तुत गर्न ८ सदस्यीय समिति गठन गर्ने भनिएको छ । समितिले दुई महिनाभित्र स्थान, समय र व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने सुझाव दिने उल्लेख छ ।


प्रकाशित : आश्विन १४, २०८० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्