तस्बिरमा सामूहिक कुमारी पूजा

काठमाडौँ — काठमाडौंको वसन्तपुरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ । कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजनामा इन्द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । बिहीबार परेको इन्द्रजात्राको अवसरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो ।


पूजामा करिव ४५० कुमारी सहभागी थिए । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गर्ने चलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ।












