कन्यामको सेरोफेरो [तस्बिरहरु]

रमेशचन्द्र अधिकारी

धनकुटा — नेपालकै चर्चित पर्यटकीयस्थलको नाम लिँदा कन्याम छुट्दैन । प्राकृतिक सुन्दरताले चिटिक्क सजिएको कन्यामको पर्याय चियाबारी र घोडचडी पनि हुन् । नेपालका तराई र छिमेकी मुलुक भारतको सीमाबाट समेत नजिक भएकोले कन्याममा घुम्न र त्यहाँको सुन्दरता चुम्न दैनिक सयौं पर्यटक पुग्ने गर्छन् ।

इलाम जिल्लाको सुर्योदयन नगरपालिकामा पर्ने कन्याम समुद्र सतहबाट १ हजार ५ सय ६५ मिटर अर्थात् ५ हजार १ सय ३५ फिटको उचाइमा पर्दछ । अझ गर्मीयाममा तराईको अचाक्ली गर्मी छल्ने स्थान कन्याम नै हो । क्षणक्षणमा बदलिने मौसम अनि बादलुको लुकामारीको दृष्य सबैभन्दा आकर्षक बन्ने गर्छ ।

वनभोजदेखि शैक्षिक र अन्य भ्रमण गर्नेको मुख्य रोजाई कन्याम बन्ने गर्छ । कन्यामको अर्को आकर्षण घोडचडी पनि मुख्य हो ।

प्रकाशित : भाद्र २८, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्