२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सोक्लाको भीरमा 'रक क्लाइम्बिङ'

तस्बिर : दीपक केसी

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका–२ सोक्लामा 'रक क्लाइम्बिङ'को उद्घाटन गरिएको छ । सोक्ला क्षेत्रलाई साहसिक खेल पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ रक क्लाइम्बिङ थालिएको हो । सोक्ला गाउँ सदरमुकाम चरिकोटबाट करिब ८ किलोमिटरको दूरीमा पर्दछ ।

४ सय मिटरको उचाइमा रहेको सोक्लाको भीरमा अहिले २५ मिटर मात्रै रक रुट क्लियर गरेर रक क्लाइम्बिङ गरिएको हो । निकट भविष्यमै पूरै ४ सय मिटरको क्लाइम्बिङ गराउने आयोजकहरुको योजना छ । ४ सय मिटरको उचाइ क्लियर भएमा यो दक्षिण एसियाकै सबैभन्दा अग्लो रक क्लाइम्बिङ गन्तव्य हुने आयोजक शोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ । रक क्लाइम्बिङको विस्तारसँगै आन्तरिक एवं विदेशी क्लाइम्बरहरु आकर्षित हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समाजले बतायो ।

शोक्लाश्वरी पर्यटन विकाश समाजले आयोजना गरेको यो परियोजनामा भिमेश्वर नगरपालिकाले सहआयोजक थियो भने नेपाल पर्यटन बोर्डले आर्थिक सहयोग गरेको थियो । रक क्लाइम्बिङको उद्घाटन नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले गरेका थिए ।


प्रकाशित : जेष्ठ २०, २०८० ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्