२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मिस नेपालको अन्तिम प्रतिस्पर्धाका तस्बिरहरु

तस्बिर : केशव थापा

काठमाडौँ — ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारेकी छन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनि गर्ने गरेको छ । यस वर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा २०२२ की मिस नेपाल जोशीले नै सहभागिता जनाउनेछिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने आयोजक हिडन ट्रेजरले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८० २२:०९
प्रतिक्रिया
पठाउनुहोस्