कीर्तिमानी आरोही कामीरितालाई काठमाडौंमा स्वागत

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — २८ औं पटक सगरमाथाको सफल आरोहण गरेका सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई बिहीबार काठमाडौंमा स्वागत गरिएको छ । गत मंगलबार बिहान २८ औं पटक सगरमाथाको सफल आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

उनी आबद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रोपटक पुगेका हुन् । त्यसअघिको बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए । तर, उनकै २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए ।


प्रकाशित : जेष्ठ ११, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

कोसी नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले प्रदेशको नाम 'कोसी' राखिएको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न माग गरेको छ । कांग्रेसका कोसी प्रदेश सभापति एवम् प्रदेश संसदीय दलका नेता उद्धव थापाले विज्ञप्ति जारी गर्दै कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रदेश सभाले पहिचानविहीन नाम पारित गरेको भन्दै लामो समयदेखि पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् । तर उनीहरुको आन्दोलनबारे प्रदेश सरकारले कुनै चासो दिएको छैन । कांग्रेसले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

सभापति थापाले विज्ञप्तिमार्फत आन्दोलनकारीलाई समेत धरपकड, कर्फ्यू, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न र आन्दोलन शान्तिपूर्ण गर्न समेत आह्वान गरेका छन् ।

No description available.

प्रकाशित : जेष्ठ ११, २०८० १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×