१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

आफ्नै लयमा तकगाउँ

जनकराज सापकोटा, महेश केसी

तक्सेरा, रुकुम पूर्व — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १० मा पर्ने तक्सेराको तक बस्ती कुनै जीवित ऐतिहासिक संग्रहालय जस्तो लाग्छ । नामङै पहाडको फेदीमा ढुंगैढुंगाका परम्परागत शैलीका घर मात्रै तकको परिचय होइन । मगर खाम भाषी तकमा कृषि र पशुपालनमा आधारित जीवनशैली अझै पनि उस्तै छ ।

खर्कमा भेडा चराउने, उन काटने र त्यसको प्रशोधन गरेर कपडा बनाउनेदेखि झारा लगाउने चलनसम्म तकमा कायमै छ । झारा अर्थात कसैको घर बनाउनु परे गाउँका सबै घरधुरीका एक सदस्य अनिवार्य श्रम गर्न जानैपर्ने नियम । तक पुग्दा कुनै अनौठो बस्तीमा पुगेजस्तो, कुनै ऐतिहासिक ठाउँमा पुगेजस्तो अनुभूति हुन्छ ।

राम्रो स्वास्थ्य सुविधा र गतिलो यातायातको प्रबन्धबाट धेरै पर छ तक गाउं । अर्थोपार्जनका उपाय सीमित छन् । खाद्यान्नको पर्याप्त उत्पादन नहुने तक आफ्नै परम्परागत लयमा चलेको छ । अप्ठ्यारा र दुःख झेल्दै बाँचिरहेको जस्तो देखिए पनि तकका मानिसहरूको अनुहारबाट खुसी हराइसकेको देखिन्न ।


प्रकाशित : जेष्ठ ८, २०८० १५:३२
प्रतिक्रिया
पठाउनुहोस्