१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वर्षाले रोक्यो नेपाल र कुवेतको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगको हो भने कुवेत समूह 'बी'को अन्तिम खेलमा हङकङलाई स्तब्ध पार्दै नेपालसँग प्रतिस्पर्धामा उभिएको हो ।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । पानी पर्नुअघि नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाउँदै क्रिजमा छन् ।


प्रकाशित : वैशाख १६, २०८० ११:५२
प्रतिक्रिया
पठाउनुहोस्