कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा एकै पटक बने पाँच सय भिक्षु [तस्बिरहरु]

मनोज पौडेल

कपिलवस्तु — बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबार एकै पटक ५ सय जनाले सामूहिकरुपमा प्रबज्या लिएर भिक्षु बनेका छन् । भिक्षु जीवनमा प्रवेशसँगै श्रामनेर भएका उनीहरुले बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु जीवन धारण गरेका छन् । उनीहरुलाई थाई भिक्षुले शिल चिबर प्रदान गरे । भोजपुरदेखि कैलालीसम्मका सर्वसाधारण सहभागी छन् ।

फागुन २७ गते केश मुण्डन गराई गृहस्थी त्यागेर उनी भिक्षु जीवनमा प्रवेश गरेका थिए । ‘यो अल्पकालीन प्रबज्या हो,’ लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यले भने, ‘बुद्ध धर्मअनुसार शाक्यहरु एकदिनका लागि भए पनि भिक्षु बन्नै पर्छ भन्ने मान्यता रहेको छ ।’ प्रबज्या लिए पछि कतिपय भिक्षु नै हुन्छन् । कतिपय फेरि गृहस्थी जीवनमै फर्कन्छन् । लुम्बिनीमा प्रबज्या भएका उनीहरु चैत १७ गते लुम्बिनीमा भिक्षाटन गरी काठमाडौं फर्कनेछन् । यो कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ र थाई भिख्खु महासंघको आयोजना गरिएको थियो ।

प्रकाशित : चैत्र २, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

जितको हर्ष

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ ।काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको छ ।

१७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको छ । यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

तस्बिर : क्यान


प्रकाशित : चैत्र २, २०७९ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×