कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको निर्णायक खेल हेर्न प्रधानमन्त्री दाहालसहित खचाखच दर्शक

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न कीर्तिपुरस्थित हजारौं दर्शक त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् । यूएईविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले आक्रामक सुरुवात गरेको छ ।

तस्बिर : क्यान

नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लगायतका विशिष्ट व्यक्तिहरूसमेत मैदानमा पुगेका थिए । प्रधानमन्त्री दाहाल खेल सुरु हुनुअघि नै मैदान पुगेका हुन् । केहीबेर खेल हेरेर उनी फर्किइसकेका छन् ।

तस्बिर : क्यान

नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

तस्बिर : क्यान

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

तस्बिर : क्यान

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर


प्रकाशित : चैत्र २, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थी हकहित र दलीय हस्तक्षेप

पाठक पत्र

राजनीतिक परिवर्तन, स्थापन र विस्थापनमा विद्यार्थी राजनीतिको ठूलो महत्त्व हुँदो रहेछ । विशेष गरी राणाकालदेखि गणतन्त्र स्थापनासम्म जति पनि परिवर्तन भए, सबै सशक्त विद्यार्थी आन्दोलनका कारण सम्भव भएका हुन् ।

त्यसै कारणले ठूला साना, क्षेत्रीय, जातीय, सामुदायिक सबै खाले राजनीतिक दलहरूले विद्यार्थीहरूलाई आआफ्नो भ्रातृ विद्यार्थी संगठनमा तान्ने प्रयास गर्छन् ।

पञ्चायत व्यवस्थाको सुरुआती कालखण्डमा क्याम्पसहरूमा विद्यार्थी हकहितका कुरालाई अघि सार्न विद्यार्थीहरूलाई अधिकार दिइएको थिएन । २०३६ सालको विद्यार्थी आन्दोलनबाट, हकहितका जायज माग सम्बोधन हुन भनी प्रत्येक क्याम्पसमा स्ववियुको गठन गर्ने व्यवस्था गरिएको थियो । छात्रवृत्ति, विद्यार्थी मनोरञ्जन, समयतालिका, खाजा व्यवस्थापन, पठनपाठनमा आवश्यक पर्ने कुराको प्रबन्धनतर्फ विद्यार्थी हकहितका लागि क्याम्पस प्रशासनलाई सचेत गराउने, माग राख्ने र मोलमोलाई गर्ने कार्य स्ववियुको अधिकारभित्र पर्छ ।

स्थापनाकालमा स्ववियुको निर्वाचनमा दलहरूको प्रत्यक्ष संलग्नता नदेखिए पनि आसन्न स्ववियु निर्वाचनमा, दलहरूले आश्चर्यजनक रूपमा सक्रियता देखाउने गरेका छन् । दलका स्थानीयदेखि संघीय तहसम्मका नेताहरू प्रत्यक्ष रूपमा क्याम्पसमै आएर विद्यार्थी बैठकमा उपस्थित हुने गरेका छन् । विद्यार्थी देशका आधारस्तम्भ हुन् ।

शिक्षित विद्यार्थी नै योग्य र क्षमतावान् बन्छन् । पछि तिनै योग्य र क्षमतावान् नागरिकका रूपमा स्थापित हुन्छन् । विद्यार्थीलाई आफ्नो क्षमता, विवेक र चेतना अनुसार सकारात्मक प्रतिभा देखाउने थलोका रूपमा क्याम्पसहरूको विकास गर्नुपर्छ । बाहिरी वा राजनीतिक हस्तक्षेपले विद्यार्थीको प्रतिभा विकासमा अवरोध हुने खतरा भएकाले प्रत्यक्ष हस्तक्षेप गर्नु कदापि उचित हुँदैन ।
महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र २, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×