१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हजार किमी पैदल यात्रा गर्दै कोरियन भिक्षु लुम्बिनीमा

मनोज पौडेल

लुम्बिनी — एक हजार किमी पदयात्रा गर्दै एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको पदयात्रा गर्दै उनीहरु यहाँ आइपुगेका हुन् ।

भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु -भिक्षुणी भैरहवा लुम्बिनी सडकखण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए ।त्यहाँ उनीहरुले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरे ।

टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पदयात्रा गरेका उनीहरु मार्च २३ मा कोरिया प्रस्थान गर्नेछ । यस कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत चोंग सुक पार्कको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्