कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्त पीडितहरू आन्दोलित

तस्बिर : केशव थापा, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — देशका विभिन्न जिल्लामा लघुवित्त संस्थाहरूले विपन्न किसानहरूलाई ठगी गरेको भन्दै त्यसविरुद्ध पीडितहरूको संघर्ष समितिले प्रदर्शन गरेको छ । मंगलबार देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । 'लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपाल'को अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरू आन्दोलित भएका हुन् ।

लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनुपर्ने उनीहरूले बताएका छन् । यस्तै विपन्नहरूलाई नि:शुल्क (बिनाब्याज) ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आएका छन् ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई परिसंघको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — उद्योग परिसंघ (सीएनआई)ले नेपालमा लगानी विस्तार गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेको छ । नेपालमा लगानीका लागि पर्याप्त सम्भावनासँगै सुरक्षा र प्रतिफलको सुनिश्चितता रहेकाले थप लगानी विस्तारका लागि नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले आग्रह गरेका हुन् ।

नेपाल उद्योग परिसंघ र चाइना काउन्सियल फर दी प्रमोसन इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजानमा मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल- चीन इन्भेस्टमेन्ट एण्ड विजनेस फोरम २०२३’ मा अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत्, पूर्वाधार, उद्योग, पर्यटन, औषधि, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताए । चिनियाँ लगानीकर्ताका लागि ती क्षेत्र राम्रो अवसर हुन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गरे। चीनसँग राम्रो औद्योगिक प्रणाली, बलियो पुँजीगत आधार, उत्कृष्ट प्रविधि र लामो अनुभव रहेकाले नेपालमा अहिले ती पूर्वाधार र 'आइडिया' भित्र्याउनुपर्ने आवश्यकता रहेकाे उनले बताए ।

‘चीन नेपालको प्रमुख साझेदार हो । नेपालको औद्योगिकीकरण, मानव विकास संशाधन, स्वास्थ्य, शिक्षा, जलस्रोत लगायतको विकासमा चीनको आर्थिक तथा प्राविधिक सहयोगले ठूलो योगदान गरेको छ,’ उनले भने, ‘आजको यो कार्यक्रमले दुई देशबीचमा व्यापारिक सम्बन्ध थप विस्तार गर्न मद्दत पुग्नेछ ।’ नेपालमा लगानी तथा व्यापार प्रवर्द्धनका लागि परिसंघले सरकार र अरु निजी क्षेत्रसँग समन्वय गरिरहेको पनि उनले बताए ।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष जङ साओगाङले पनि नेपालमा लगानी विस्तारका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । चीनसँग रहेको राम्रो औद्योगिक प्रणाली, बलियो पुँजीगत आधार, उत्कृष्ट प्रविधि र अनुभव अहिले नेपालका लागि आवश्यक रहेको उनले स्वीकार गरे । ‘म आशा गर्छु कि आउँदा दिनमा चिनियाँ लगानीकर्ताले ठूलो परिमाणमा लगानी विस्तार गर्नु हुनेछ,’ उनले भने, ‘त्यसको लाभ नेपाल र चीन दुबै देशका लगानीकर्तालाई हुनेछ ।’ यस्तै, चीन र नेपालबीच द्विपक्षीय व्यापारलाई थप प्रवर्द्धन गर्नुपर्ने, व्यापार प्रवर्द्धनका लागि नेपाल र चीनमा मेला, प्रदर्शनी लगायत कार्यक्रम हुँदै आएकाले आउँदा दिनमा तिनलाई अझ बढाउनु पर्ने साओगाङले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×