कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तोरीफूलले रंगिएको रामपुर फाँट

शब्द/तस्बिर : कुम्भराज राई

ओखलढुंगा — मोलुङ गाउँपालिका २ मा पर्ने रामपुर फाँट प्रसस्त खेती हुने फाँट हो । सिँचाइ पुग्दा तीन बालीसम्म उत्पादन हुने रामपुरमा बर्खाको बेला मकै र धानको हरियाली आकर्षक दृश्य देखिन्छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने धानले रामपुर फाँट सुनैसुनले भरिए झैं देखिन्छ । धान भित्र्याइसकेपछि यहाँ किसानले तोरी, आलु, फापर र गहुँ छर्ने गर्छन् ।

अहिले रामपुर फाँटमा धेरैजसो तोरी, आलु र केही मात्रामा गहुँ, फापर छन् । परबाट हेर्दा रामपुर फाँट रंगिन बुट्टा भरेजस्तै आकर्षक देखिन्छ । तर यहाँका किसानले सिँचाइको अभाव झेल्नु परेको छ। यदि सिँचाइ पर्याप्त हुने हो भने खाली देखिएका खेत पनि बालीले भरिने स्थानीय किसानहरू बताउँछन् । पहिलो पटक रामपुर पुग्नेलाई यहाँको रमणीय खेतका गह्राले आनन्दमय बनाउँछ । मधेशमा तोरी पाकिसके पनि रामपुर जस्ता पहाडी भेगमा भर्खरै तोरी फुल्न थालेको छ ।

प्रकाशित : माघ २३, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्