तोरीफूलले रंगिएको रामपुर फाँट

शब्द/तस्बिर : कुम्भराज राई

ओखलढुंगा — मोलुङ गाउँपालिका २ मा पर्ने रामपुर फाँट प्रसस्त खेती हुने फाँट हो । सिँचाइ पुग्दा तीन बालीसम्म उत्पादन हुने रामपुरमा बर्खाको बेला मकै र धानको हरियाली आकर्षक दृश्य देखिन्छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने धानले रामपुर फाँट सुनैसुनले भरिए झैं देखिन्छ । धान भित्र्याइसकेपछि यहाँ किसानले तोरी, आलु, फापर र गहुँ छर्ने गर्छन् ।

अहिले रामपुर फाँटमा धेरैजसो तोरी, आलु र केही मात्रामा गहुँ, फापर छन् । परबाट हेर्दा रामपुर फाँट रंगिन बुट्टा भरेजस्तै आकर्षक देखिन्छ । तर यहाँका किसानले सिँचाइको अभाव झेल्नु परेको छ। यदि सिँचाइ पर्याप्त हुने हो भने खाली देखिएका खेत पनि बालीले भरिने स्थानीय किसानहरू बताउँछन् । पहिलो पटक रामपुर पुग्नेलाई यहाँको रमणीय खेतका गह्राले आनन्दमय बनाउँछ । मधेशमा तोरी पाकिसके पनि रामपुर जस्ता पहाडी भेगमा भर्खरै तोरी फुल्न थालेको छ ।

प्रकाशित : माघ २३, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसन तथा नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व रकम अझै १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमले जनाएकाे छ ।




प्रकाशित : माघ २३, २०७९ २१:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×