१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

तिलाठीमा कुस्तीको मज्जा

अवधेश झा

राजविराज — सप्तरीको तिलाठीमा शनिबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । विगत ८ दशकदेखि संस्थागत रुपमा तिलाठीमा भइरहेको सरस्वती पूजाका अवसरमा कुस्ती प्रतियोगिता आयोजना गरिएको हो ।

प‍ञ्चायत विरुद्धको आन्दोलनमा बेपत्ता पारिएका साकेतचन्द्र मिश्रको स्मृतिमा पछिल्ला वर्षहरुमा सरस्वती पूजाका अवसरमा कुस्ती हुन थालेको पूजा समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुले जानकारी दिए ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी २५ जना पहलमानको सहभागिता छ । प्रतियोगिताको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडाध्यक्ष दिनेश्वर मिश्रले उद्घाटन गरे ।


प्रकाशित : माघ १४, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्