श्रीपञ्चमीमा अक्षरारम्भ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

यसैगरी वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।

ऋतु विज्ञानअनुसार चैत र वैशाखलाई शुद्ध वसन्त ऋतु मानिएको छ । तर पनि वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूख तथा बिरुवाहरूमा नयाँनयाँ पालुवाहरू देखिने, मानिसहरूको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण गर्‍यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानी वासन्तोत्सव गर्ने पनि परम्परा छ । यही कारणले गर्दा यस पर्वको अर्को नाम 'वसन्त पञ्चमी' रहेको हो ।


प्रकाशित : माघ १२, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाको केराबारीमा टिपर दुर्घटना : चालकको मृत्यु 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–४, केराबारीमा बिहीबार बिहान भएको टिपर दुर्घटनामा चालक सरोज न्यौपानेको मृत्यु भएको छ । 

पाल्पाबाट बुटवल जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटनामा स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङगा राम्दीका २२ वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पालपका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

टिपर बुधबार राति १२ बजेतिर दुर्घटनामा परेको हो । रातिको समयमा खोजतलास गर्दा न्यौपाने नभेटिएपछि बिहान प्रहरीले तिनाउ खोला क्षेत्रमा खोजी गर्दा पानीमा डुबेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए । दुर्घटनाग्रस्त टिपर सडकबाट १ हजार २ सय मिटर तल तिनाउ खोलामा खसेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७९ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×