कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रिहा हुनुअघिका सन्दीप*

कान्तिपुर संवाददाता

काठमाडौँ — इकान्तिपुरमा हिजो प्रकाशित बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित 'रिहा हुनुअघिका सन्दीप' शीर्षकको सामग्री हटाइएको छ । उक्त सामग्रीबारे कान्तिपुरका पाठक, शुभेच्छुकलगायतले सामाजिक स‌ञ्जाललगायतबाट व्यक्त गर्नुभएको प्रतिक्रियाको सम्मान गर्दै सामग्री हटाइएको हो । बलात्कारलगायतका संवदेनशील घटनाहरूमा पीडितहरूलाई पर्नसक्ने असरबारे हामी सचेत छौं र रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं । यस सामग्रीबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं ।- सम्पादक


प्रकाशित : पुस २९, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्