मनाइयो ३०१ औं पृथ्वी जयन्ती

तस्बिर : इलिट जोशी

काठमाडौँ — ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उक्त अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । आज देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।

विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।


प्रकाशित : पुस २७, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरमा दाहालको सिंहदरबार प्रवेश

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री दाहालले सोमबारसाँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री दाहालले सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि लैनचौरस्थित सहिद स्मृति स्मारक पुगेर माल्यार्पण गरेका थिए । त्यसपछि उनी कीर्तिपुरस्थित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।

दाहाल २ छोरीहरू रेनु र गंगालाई लिएर सिंहदरबार पुगेका थिए । रेनु भरतपुर महानगरपालिकाकी मेयर हुन् भने गंगा दाहालकी स्वकीय सचिवसमेत हुन् । दाहालले पदभार ग्रहण गरेपछि नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ ।


प्रकाशित : पुस ११, २०७९ २०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×