ल्होसार आशिमाला

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — तमु (गुरुङ) समुदायले शुक्रबार तमु ल्होसार धुमधामसँग मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व मनाएका हुन्।

तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै पुस १५ लाई ल्होसार (नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन्।

ल्होसार पर्वकै अवसरमा काठमाडौंको बसन्तपुर हुँदै टुँडिखेलसम्म मौलिक वेशभूषासहित चिटिक्क परेर आएका गुरुङ समुदायका युवायुवतीको जमातले बेग्लै रौनक बनाएको थियो । शिरमा लावा, शिरफूल, गलामा कण्ठमाला, जन्तर, लुङ्गी–चोली, पछ्यौरी, घलेकले सजिएका युवती तथा भाङ्रा, भोटो, कछाडसहित टुँडिखेलमा सहभागी युवा–युवतीहरूले निकै रौनकताका साथ ल्होसार मनाए । उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन सुनाएका थिए।


प्रकाशित : पुस १५, २०७९ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

धुमधाम 'क्रिसमस इभ'

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — इसाइ धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व क्रिसमस विश्वभर मनाइँदै छ । विशेषगरी क्रिसमसको अघिल्लो साँझ (क्रिसमस इभ) लाई विश्वभरका क्रिस्चियनहरूले धुमधाम साथ मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि युवा पुस्तामा यो चाड लोकप्रिय मानिँदै आएको छ ।

विभिन्न चर्च साथै ठूला सहरमा रहेका होटल रेष्टुरेन्टमा क्रिसमसको अघिल्लो साँझ युवायुवतीहरू भेला भएर क्रिसमस मनाउने चलन छ । यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको (पवित्र आत्मा) को प्रार्थना गर्छन् । इसाइ धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहूति दिएको सम्झनामा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसको उपलक्ष्यमा नेपाल सरकारले पनि सार्वजनिक विदा दिने गरेको छ ।

यसै सन्दर्भमा ललितपुरको भनीमण्डलस्थित एजम्सन चर्चमा पनि शुक्रबार क्रिसमस इभ धुमधाम साथ मनाइयो ।


प्रकाशित : पुस ९, २०७९ २०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×