सिभिलमा टोकन लिनेको लाइन


काठमाडौँ — काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा बिहानैदेखि सयौं मानिसको भीड लाग्ने गरेको छ । बिरामी जाँचका लागि टोकन लिनुपर्ने प्रणाली अस्पतालले अपनाएसँगै अस्पतालमा बिहानैदेखि बिरामी र बिरामीका आफन्तको लाइन लाग्ने गरेको हो ।


पछिल्लो समय उपत्यकाका विभिन्न अस्पताल‚ राहदानी विभागलगायत स्थानमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । बिहान ३-४ बजेदेखि नै मानिसहरू टोकन लिनका लागि अस्पतालमा आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।






