दौरासुरुवालमा प्रधानमन्त्री दाहालको शपथ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । शपथ ग्रहणका लागि दाहाल राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।


प्रकाशित : पुस ११, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

बालकोटको बार्दलीबाट ओली-दाहालको अभिवादन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरुबीच सहमति जुटेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीबीच सहमति जुटेको छ ।

सरकार गठनका लागि राष्ट्रपति कार्यालय जानुअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै समर्थकहरुलाई अभिभावदन गरेका छन् ।





प्रकाशित : पुस १०, २०७९ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×