समानुपातिक सांसदले पाए प्रमाणपत्र

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र दिएको छ । आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए। प्रतिनिधिसभामा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका छन् । प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।


प्रकाशित : पुस ३, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्

आगलागी निभाउने क्रममा धनकुटामा दुई जना घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका ४ देब्रेबासस्थित दानाबारी टोलमा आइतबार आगलागीबाट एक घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

स्थानीय लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । दुवैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

घटनामा लत्ता कपडा, अन्नपात, भाडाबर्तनसहित ६ लाख ३० हजार बराबरको क्षति पुगेको जनाइएको छ । यस्तै, आगलागीका क्रममा घरसँगै रहेको कुखुरा फार्ममा २ सय वटा कुखुराको चल्ला समेत मरेका छन् । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मद्दतमा आगो नियन्त्रण गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : पुस ३, २०७९ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×