कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो रह्यो त्रिविको ४८ ‌औं दीक्षान्त समारोह

तस्बिर : इलिट जोशी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय त्रिविको ४८ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २ सय ३७ विद्यार्थी दीक्षित भएका छन् । तर दीक्षान्त समारोहमा सहभागीताका लागि करिब १० हजार २ सय ३७ विद्यार्थीले फारम भरेका छन् ।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको ग्राउन्डमा भएको समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायत सहभागी थिए । यस्तै कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभर्सिटी अफ पञ्जाबका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी रहेका थिए ।

समारोहमा एमफिल, विद्यावारीधि र सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिएको छ । कोभिड संक्रमण जोखिमका कारण नतिजा प्रकाशनमा ढिलाइ भएसँगै विद्यार्थी संख्या समेत कम भएको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।


प्रकाशित : मंसिर २३, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

न्हू दँया भिन्तुना

तस्बिर : इलिट जोशी

काठमाडौँ — आजदेखि नेपाल संवत् ११४३ सुरु भएको छ । नयाँ वर्षका उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍याली आयोजना गरिएको छ । र्‍यालीमा सहभागीहरुले वसन्तपुर दरबार क्षेत्र परिक्रमा गरेका थिए ।

र्‍यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्‌का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वा:ले चलाएका हुन् ।


प्रकाशित : कार्तिक ९, २०७९ १०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×