१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यस्तो छ निर्माणाधीन सहिदमार्ग [फोटोफिचर]

महेश केसी

रुकुमपूर्व — लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट दाङ जाने बाटो हो, सहिदमार्ग । सहिदमार्ग सडक योजनाअन्तर्गत आ.व. २०६४/०६५ देखि यो सडक निर्माणाधीन अवस्थामा छ । रुकुम पूर्वको मैकोट, हुकाम, तकसेरा, रिकाधुरी, कांक्री, दुमै र महत हुँदै रोल्पाको थबाङ, दुईखोली, घर्तीगाउँ, दारबोट, तिला, नुवागाउँ हुँदै होलेरीबाट दाङ घोराहीसम्मको कुल २ सय २० किलोमिटर लामो छ । योजना प्रमुख पवन भट्टराईका अनुसार यो मार्गमा करिब २ अर्ब ५० करोड लगानी भैसकेको छ भने लगभग २६ प्रतिशत भौतिक प्रगति भएको छ ।

हाल घोराहीदेखि रुकुम पूर्वको हुकामसम्म सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको प्रमुख भट्टराईले बताए । उनका अनुसार होलेरीदेखि दारबोटसम्म ३६ किलोमिटरमा चालु आर्थिक वर्षभित्र कालोपत्रे सक्नेगरी काम भइरहेको छ । साथै दारबोटदेखि घर्तीगाउँसम्म २५ किलोमिटर र दुईखोलीदेखि खरिबोटसम्मको ११ किलोमिटर सडक खण्डलाई कालोपत्रेका लागि ठेक्का आह्वान गर्ने अन्तिम तयारी छ ।


प्रकाशित : मंसिर २२, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्