कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उल्लासमय ज्यापू दिवस

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — १९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमा काठमाडौंको बसन्तपुरमा धुमधामका साथ मनाइएको छ । उक्त अवसरमा विभिन्न स्थानबाट आएकाहरूको सांस्कृतिक र्‍याली प्रदर्शन गरिएको थियो । आजै योमरी पूर्णिमा पनि परेको हुँदा ठाउँठाउँमा योमरी बनाएर उत्सव मनाइएको छ

नेवार समुदायमा आज बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाइएको छ । केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी (मनपरेको रोटी) रहेको पाकाहरू बताउँछन् । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार योमरी हो ।


प्रकाशित : मंसिर २२, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्