३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘के सहर गरिबको पनि होइन र ?’

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सुकुम्बासीहरूले सोमबार काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेका छन् । माइतीघबाट सुरु भएको उनीहरुको दबाबमूलक र्‍याली बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले आफूहरुलाई सरकारी तबरबाटै उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

विभिन्न नारासहितका प्लेकार्ड बोकेका उनीहरुले के सहर गरिबको पनि होइन र ?, नागरिकको अधिकार खोइ ?, उठिबासको त्रास कहिलेसम्म ? भन्दै नारा समेत लगाएका थिए । साता दिन पहिले थापाथलीस्थित वाग्मती नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर लिएर गएपछि त्यहाँ सुकुम्बासी र महानगरका कर्मचारीबीच झडप भएको थियो ।


प्रकाशित : मंसिर १९, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्