कर्णालीमा मेलाको रमझम

शब्द/तस्बिर : हरिहरसिंह राठौर

जाजरकोट — कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा परम्परागत मेला र जात्राले रौनकता बढाएको छ । वैशाख पूर्णिमाबाटै सुरु हुने मेलाहरु साउन र भाद्र पूर्णिमा, कोजाग्रत पूर्णिमा, हरिवोधनी एकादशी, मंसिर पूर्णिमा, पुस १५, माघे संक्रान्ति, चैते दसैंलगायत पर्वमा जारी रहने गर्छ ।

जाजरकोटको रामीडाँडा र रमाइलो मेला, धारपानी मेला, झादेउ मेला, कार्कीज्युला मेला, पश्चिम रुकुमका डिग्रे मेला, शंखपीपल मेला, टापु मेला, रिम्ना मेला प्रसिद्ध छन् । सल्यानको कुमाख मेला, छायाक्षेत्र मेला प्रसिद्ध मानिन्छ । दैलेखको डाँडीमाडी मेला, वेस्तडामेला पनि प्रसिद्ध छन् । यी सबे मेला व्यापारिक महोत्सवभन्दा सयौं वर्षदेखि आयोजना हुँदै आएका मौलिक मेला हुन् ।

मेलामा वल्लोपल्लो गाउँबाट भेला भएका स्थानीयले संस्कृति झल्कने लोकनृत्यहरु प्रस्तुत गर्दा मेलामा रौनकता बढाउँछ । दैलेखमा हुड्के, देउडा प्रसिद्ध छ भने जाजरकोटमा देउडा, ख्याली, खाँडो, गर्रा, टप्पा लोकप्रिय छ । रुकुम र सल्यानमा गर्रा, टप्पा प्रसिद्ध छन् ।

मेलामा स्थानीय कृषि उत्पादन सखरखण्ड, सुन्तला, स्याउ, को खबे बिक्री हुन्छ भने हाल मेलामा जेरी, चाउमिन, चटपटे, पानी पुरीको पनि बजार विस्तार भएको छ । मेलामा युवाहरुको आकर्षणलाई ख्याल गरी लाखौं रकमको पुरस्कार रहेको भलिबल प्रतियोगिता समेत आयोजना हुन्छ । मेला पिङ पनि थापिएका छन् ।


प्रकाशित : मंसिर १३, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्