'विकल्पबिनाको जबर्जस्ती बन्द गर'

तस्बिर : अंगद ढकाल

काठमाडौँ — स्थायी विकल्पबिना आफूहरुमाथि जबर्जस्ती गरिएको भन्दै थापाथलीस्थित वाग्मती किनारमा बस्दै आएका सुकुम्बासीले मंगलबार खबरदारी र्‍याली आयोजना गरेका छन् । बिना विकल्प उठिबास आफूहरलाई मान्य नहुने भन्दै संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् ।

थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा १ सय ३६ छाप्रा रहेका छन् जसमा ५२ जिल्लाबाट आएका मानिसहरू डेढ दुई दशकदेखि बसिरहेका छन् । सोमबार नदी किनारको बस्ती उठाउन गएको काठमाडौं महानगरपालिका र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोलीमाथि स्थानीयहरु जाइलागेका थिए ।


प्रकाशित : मंसिर १३, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्