कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्च अगाडि न्याय माग्दै बिनु

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — आफूले न्याय नपाएको भन्दै सोलुखुम्बुकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा रङ फ्याँक्दै विरोध गरेकी छन् । श्रीमान्‌ले आफूमाथि हिंसा गरेको तर त्यसविरुद्ध उजुरी दिँदा पनि आफूले न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।

आफूलाई श्रीमान्‌को परिवार नै मिलेर शारीरिक र मानसिक रुपमा हिंसा गरेको भन्दै उनले प्रहरीकहाँ उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।

त्यसअघि रामेछाप जिल्ला अदालतको इजलासमै बिनुले विष पिएर आत्महत्याको प्रयास गरेकी थिइन् ।


प्रकाशित : मंसिर १३, २०७९ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

लोभलाग्दो मध्यपहाडी धानबेसी

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

ताप्लेजुङ — पाँचथर–ताप्लेजुङ सीमावर्ती बिन्दूबाट बहने इँवा खोला आसपासका बेसीहरु धानखेतीका लागि निकै प्रचलित छन् । सिमानाको इवाँ खोलापारि ताप्लेजुङको दुम्लाबेसीमा मसिनो जातको ‘बेलगुठी’ स्थानीय धान उत्पादन गर्ने प्रचलन रही आएको छ ।

च्याङथापुस्थित विष्णु माबिका शिक्षक त्रिलोचन अधिकारीका अनुसार, यता पाँचथरमा थर्पुआसपासको मालबासेबेसीमा भने 'अट्टे' जातको स्थानीय मोटोधानको खेती लगाउने चलन रही आएको छ ।


प्रकाशित : कार्तिक १७, २०७९ १४:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×