चुनावमा सुनसान काठमाडौंका सडक

तस्बिर : दीपक केसी

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनका कारण राजधानी काठमाडौंका सडक सुनसान देखिएका छन् । निर्वाचनमा बाधा पुग्न सक्ने भन्दै सरकारले मतदान गर्ने दिन सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

यसका साथै आफ्नो रोजाइका प्रतिनिधि चुन्नका लागि आ-आफ्नो क्षेत्रमा गएपछि केही दिनदेखि काठमाडौं सुनसान देखिएको छ । पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् ।

झन्डै ८ वर्ष लगाएर जनताले पहिलो पटक आफ्ना प्रतिनिधि (संविधानसभा)मार्फत लेखेको वर्तमान संविधान लागू भएपछि हुँदै गरेको यो दोस्रो आवधिक निर्वाचन हो । यो निर्वाचनमा करिब २३ लाख मतदाता (१३ प्रतिशत) पहिलो पटक सहभागी हुँदै छन् । 


प्रकाशित : मंसिर ४, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो रह्यो एमालेको पदयात्रा

तस्बिर : दीपक केसी

काठमाडौँ — संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले शनिबार काठमाडौंमा पदयात्रा गरेको छ । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

पदयात्रा कार्यक्रम बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताए । कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : आश्विन १, २०७९ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×