मतदानका लागि यस्तो छ तयारी

तस्बिर : केशव थापा, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले मंसिर ४ गते आइतबारका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार दिनभर देशका विभिन्न निर्वाचन क्षेत्रमा तोकिएका मतदान केन्द्र निर्माणको काम भइरहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ८ अन्तर्गत छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई पनि मतदान केन्द्रको रुपमा तोकिएको छ ।

जसका लागि निर्वाचन कर्मचारीहरूले शनिबार दिनभर मतपेटिका तयार पार्नुका साथै मतदाताको सहजताका लागि विभिन्न संरचना तयार पारिरहेका छन् । देशभर जम्मा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगका अनुसार आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको सूची सार्वजनिक गरेको छ ।


प्रकाशित : मंसिर ३, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्

भारतविरुद्ध ऐतिहासिक जितपछिको खुसी

तस्बिर : केशव थापा, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैँटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले नर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन् । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन ।

समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।

नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछ । यसअघिका सबै खेलमा भारतले फाइनलको यात्रा तय गरेको थियो । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बांग्लादेश फाइनल प्रवेश गरिसकेको छ । नेपालले सोमबार हुने फाइनलमा बांग्लादेशको सामना गर्नेछ ।


प्रकाशित : भाद्र ३१, २०७९ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×