कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३ सय वर्ष पुरानो सिन्ह जात्रा

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — नेवार समुदायमा लोकप्रिय सिन्ह जात्रा (सिन्दुर जात्रा) शुक्रबार धुमधाम साथ मनाइएको छ । काठमाडौंको चाबहिलमा शुक्रबार यो जात्रा मनाउन वृद्धहरूसँगै ठूलो संख्यामा युवायुवती र किशोर किशोरीहरू पनि सहभागी थिए । यसलाई चन्द्रविनायक जात्रा पनि भनिन्छ ।

३ सय वर्ष पुरानो यो जात्रा हरेक वर्ष कार्तिक शुक्ला पूर्णिमादेखि तीन दिनसम्म मनाइन्छ । यस जात्रा मनाउनेहरू भैरव र गणेश भगवानको पूजा आराधना गर्छन् । यसो गर्नाले छालाको रोगबाट मुक्ति मिल्ने जनविश्वास छ । गत बुधबार भैरव र गणेशको पूजा गरी औपचारिक रुपमा सुरु भएको यो जात्रा भोलि शनिबार सिन्दुर जात्रा मनाएपछि मात्रै विधिवत रुपमा समापन हुनेछ ।


प्रकाशित : कार्तिक २५, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्