कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गोदावरीमा नमुना मतदान [तस्बिरहरु]

शब्द/तस्बिर: संजोग मानन्धर

ललितपुर — प्रतिधिनिसभा र प्रदेशसभा निर्वाचन आउन दुई सातामात्रै बाँकी रहँदा ललितपुरको गोदावरी नगरपालिका कुसुलेचौरमा नमुना मतदान गरिएको छ । गोदावरीको वडा नम्बर ११ मा आइतबार नमुना मतदान आयोजना गरिएको हो । स्थानीयले मतदानमा भाग लिए ।

मतदानस्थलमा म्यादी प्रहरीले सुरक्षाको पहरा दिएको थियो भने कर्मचारीहरु मतपत्र वितरण, मतदाता परिचयपत्र बाँड्न र मतदाताको नङमा मसी लगाउने लगायत कार्यमा खटिएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंसिर ४ गते देशैभर एकैचरणमा हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले सामग्री जिल्ला जिल्ला पुर्‍याएको र मतपत्र ढुवानी अन्तिम चरणमा पुगेको जनाएको छ ।


प्रकाशित : कार्तिक २०, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्