कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लक्ष्मी झाँकीको रौनक

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — गाउँघर र सहर बजारमा तिहारका बेला भगवान लक्ष्मीको झाँकी निकालिएको छ । झाँकीले गाउँघर, चोक, सहरबजार झकीझकाउ बनेका छन् । यसले तिहारको रौनक बढाएको छ । लक्ष्मी पूजा गर्नेको चहलपहलसँगै तिहार उल्लासमय बनेको छ ।

बिहान, साँझ र विशेष गरी रातिका बेला पूजा गर्नेको घुइँचो हुने गरेको छ । झिलिमिली बत्तीसँगै माइक बजाएर भजन किर्तन र धार्मिक गीत बजाउँदा तिहारको माहोल बनेको छ ।

सदरमुकाम तौलिहवा, बर्रोहिया, लवनी, महाराजन्ज, बहादुरगन्ज, चन्द्रौटा र कृष्णनगरमा ५० बढी झाँकी निकालिएका छन् । लक्ष्मी पूजाका दिन निकालिएको झाँकी भाइटीकाको भोलिपल्ट (शुक्रबार) नदी, तलाउमा लगेर धार्मिक विधिपूर्वक विसर्जन गरिने तौलिहवास्थित मालटोलमा लक्ष्मी झाँकी निकालेका लक्ष्मी झाँकी समिति अध्यक्ष शिव गुप्ताले बताए ।


प्रकाशित : कार्तिक १०, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्