न्हू दँया भिन्तुना


काठमाडौँ — आजदेखि नेपाल संवत् ११४३ सुरु भएको छ । नयाँ वर्षका उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्याली आयोजना गरिएको छ । र्यालीमा सहभागीहरुले वसन्तपुर दरबार क्षेत्र परिक्रमा गरेका थिए ।


र्यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो । र्यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वा:ले चलाएका हुन् ।






