कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुकुरलाई माया

तस्बिर : इलिट जोशी

काठमाडौँ — शुभ दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ । आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

ललितपुरको भैंसेपाटीस्थित डग सेल्टर 'स्नेहाज केयर' मा रहेका कुकुरलाई पनि पूजा गरिएको छ । सेल्टरमा आयोजित कुकुर पूजा कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जनसमेत उपस्थित थिए । सेल्टरमा १७० वटा कुकुर रहेका छन् । तीमध्ये कतिपय कुकुर अपांगता भएका पनि छन् । प्यारालाइसिस र घाइते कुकुरहरूलाई ह्विलचेयरमा राखेर पालिएको छ । जसले गर्दा उनीहरूलाई हिँडडुल गर्न सहजसमेत भएङ्को छ ।


प्रकाशित : कार्तिक ७, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्