१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ढकमक्क सयपत्री

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१० बिकुली पिपरा गाउँको पूर्व कुनामा ढकमक्क सयपत्री फूल फुलेका छन् । गाउँ नै मगमग बसाएको छ । सुन्दर र मनमोहक वातावरणले गाउँलाई रमणीय बनाएको छ ।

ढकमक्क फूलले तिहार आगमनको संकेत गरेको छ । फूल फुलाउन र हेरचाह गर्न २४ वर्षीया सुष्मा कँडेल र दिदी २७ वर्षीया रचना कँडेल दिनरात लागेका छन् । गत साउनदेखिको उनीहरुको मेहनतले नजिकको गाउँ, टोल र सहर बजारको तिहारलाई सहज बनाएको छ । उनीहरलाई अर्डर लिन भ्याइनभ्याइ छ । ५ कठ्ठा खेतमा कर्मा ५५५ गोल्डेन मेरिगोल्ड जातको ३ हजार बिरुवाका सयपत्री फूलले धेरै दाजुभाइको घाँटी सजिने भएको छ । साता दिनयता दुई सय किलो फूल बेचिसके । अझै दुई सय किलोको अर्डर आएको आशिष उपाध्यायले बताए ।


प्रकाशित : कार्तिक ५, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्