कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

राष्ट्रपतिद्वारा मूलपुजारी, आफन्त र सुरक्षाकर्मीलाई दसैंको टीका प्रदान [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका ग्रहण गरेकी छन् । भण्डारीले राष्ट्रपति भवन शितल निवासमा गुरुहरु देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्दै ।

आफूले टीका ग्रहण गरेपछि भण्डारीले गुरुहरू, छोरी, छोरीज्वाइँ, नातिनी, आफन्त र सुरक्षाकर्मीहरूलाई टीका र प्रसाद प्रदान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि विशिष्ट व्यक्तित्वहरूलाई बडा दसैंको टीका लगाउन सुरु गरेकी छन् । उनले ३ बजेपछि सर्वसाधारणलाई टीका र प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार आफ्ना नातिनीलाई टीका तथा प्रसाद प्रदान गर्दै ।

तस्बिरहरू : रत्न श्रेष्ठ/रासस


प्रकाशित : आश्विन १९, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्