२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हराउँदै लिंगे पिङ

मनोज पौडेल

कपिलवस्तु — चाडपर्वको रौनक बढाउने लिंगे पिङ कपिलवस्तुमा हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं-तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । ८/१० वर्ष अघिसम्म दसैंको घटस्थापनादेखि गाउँ-टोलमा रोटे, जाते र लिगे पिङ हालेर गाउँले रमाउने गर्थे । तर, आजभोलि यस्ता पिङ निक्कै कम देखिन्छन् । रोटे र जाते पिङ त देख्नै छाडिएको छ ।

कतैकतै लिंगे पिङमात्रै देखिन्छ । दसैंसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ जिल्लाका थोरै ठाउमा मात्र देख्न सकिन्छ । गाउँगाउँमा बनाइने लिङ्गे पिङ यस वर्ष जिल्लाभरि १०/१२ ठाँउमा मात्र हालिएको छ । पिङ खेलेर गाउँ घरमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म रमाइरहेका छन् ।

यस वर्ष तौलिहवाको सागरटोलमा लिङ्गे पिङ बनाइएको छ । त्यस्तै जीतपुर, लक्ष्मणघाट, राजापानी , गजेहडा र गोरुसिङ्गेलगायत ठाउँमा लिङ्गे पिङ बनाइएको छ । 

पिङ राख्न थालेपछि दसै-तिहार आएको संकेत हुन्छ । मानिसहरू दसैं-तिहारका सर-समान जोहो गर्न लाग्छन् । पिङ हालिएको ठाउँ जमघट हुने स्थलसमेत हो; शुभकामना साटासाट गर्ने स्थल पनि हो ।

पिङ खेल्दा हुने आनन्द अविस्मरणी हुन्छ ।  दु:ख, कष्ट र पीडा एकछिन भए पनि भुलिन्छ ।


प्रकाशित : आश्विन १९, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्