१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुर्गा झाँकीले दसैंको रौनक [तस्बिरहरु]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — गाउँघर र सहर बजारमा निकालिएको दुर्गा झाँकीले दसैंको रौनक बढाएको छ । यहाँ ठाउँ ठाउँमा दुर्गा झाकीले अहिले गाउँघर, चोक, सहर बजार झकीझकाउ बनेको छ । दुर्गा पूजा गर्नेको चहलपहलसँगै रौनकता थपेको छ । बिहान साँझ र विशेषगरी रातिका बेला दुर्गा पूजा गर्नेको घुइँचो हुने गरेको छ ।

झाँकी स्थलमा पुरोहित राखेर पूजाआजा गर्ने गरिएको छ । त्यस बखत श्रद्धालुको भीड हुन्छ । माईक बजाएर भर्जन र धार्मिक गीत बजाउँदा दसैंको माहोल बनेको छ । साँच्चै दसैंको माहोल बनेको छ । दक्षिणी क्षेत्रका सदरमुकाम तौलिहवा, बर्रोहिया, लवनी, महाराजगंज, बहादुरगंज, चन्द्रौटा र कृष्णनगरमा दर्जनौं झाँकी निकालिएको छ । पूजाआजा गर्न भीड बढेपछि दसैंको माहोलको रौनक बनेको देखिन्छ । दुर्गा झाँकी सप्तमीबाट निकालिएको छ । एकादशीका दिन असोज २० गते नदी, तलाउमा लगेर धार्मिक विधिपूर्वक विसर्जन गरिन्छ ।


प्रकाशित : आश्विन १८, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्