कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाँचथरका दसैंघरमा भित्र्याइयो फूलपाती

लक्ष्मी गौतम

पाँचथर — पाँचथरका विभिन्न दसैंघरहरूमा आइतबार बिहान बढाइँका साथ फूलपाती भित्र्याइएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको रणसेर गण, सशस्त्र प्रहरीको हिमशिखर गुल्म र जिल्ला प्रहरी कार्यालयसहितका दसैंघरहरूमा फिदिम- ४ सुम्हात्लुङ शक्तिपीठबाट आइतबार फूलपाती भित्र्याइएको हो ।

फुलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय  बाजागाजा र दलबलसहित सुम्हात्लुङ मन्दिर पुग्दा स्थानीयको पनि बाक्लो उपस्थिति थियो ।

त्यहाँ पुगेको टोलीले पूजा-आराधनापश्चात फूलपाती लगेर आ-आफ्ना दसैंघरमा भित्र्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेता/कार्यकर्ता, संघसंस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी पनि उपस्थित थिए ।

सुम्हात्लुङ गडीलाई पूर्वको महत्त्वपूर्ण शक्तिपीठका रुपमा लिइन्छ ।  जिल्लाका दसैंघरहरूमा यहि मन्दिरबाट फूलपाती लैजाने चलन छ ।


प्रकाशित : आश्विन १६, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्