१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको बसन्तपुरमा नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै गत शनिबार बिहान १०: २३ को शुभसाइतमा दसैं घरमा जमरा राखिएको छ । तस्बिर : दीपक केसी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गोरखामा म्यादी छनोट अन्तर्गत बिहीबार लिखित परीक्षा दिँदै । गोरखा संग्राहालय परिसरमा लिखित परीक्षा भएको थियो । तस्बिर : हरिराम उप्रेती

सरकार र अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएसँगै डा. केसीले अनशन तोड्दै । उनले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ । तस्बिर : दिपक केसी

काठमाडौंको कीर्तिपुरस्थित पसलमा चंगा किन्दै बालकहरू । दसैंमा चंगा उडाने चलन छ । तस्बिर : दीपक केसी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । तस्बिर : सन्जोग मानन्धर

बाजुराको बडिमालिका पाटनमा भेडाच्यांग्रा धपाउँदै गोठाला । जेठदेखि कात्तिक महिनासम्म बाजुराको सोतापाटन, घोडापाटन, भितिछिर्ना लगायतका पाटनभरि भेडाच्यांग्राको चरिचरनमय रौनक हुन्छ । कर्णाली प्रदेशको मुगु, जुम्ला, कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा र अछामका भेडापाकलहरुले यहाँ भेडिगोठ राख्छन् । तस्बिर : वसन्तप्रताप सिंह

पितृपक्षको अन्तिम दिन आइतबार दिवंगत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिएको छ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । तस्बिर : इलिट जोशी


प्रकाशित : आश्विन १५, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्